logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौँः अर्थमन्त्री महत

    विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौँः अर्थमन्त्री महत

    1.2K
    Shares
    विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौँः अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताएका छन् ।

    बिहीवार काठमाडौंमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    उनले नेपाली संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने भएपनि विदेशी संस्कृतिलाई ग्रहण नेपालीहरुले गरिरहेको बताए । उनले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतिपूर्ण रहेको बताए । उनले नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताए ।

    उनले हाम्रो गलत प्रवृति,अन्धविश्वासलाई छाड्ने तर सबैलाई सहयोग गर्ने भावनालाई छोड्न नहुने बताए । उनले नेपालीहरुले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिने भन्दा पनि छोड्दै जाने प्रवृति बढेको बताए ।

    अर्थमन्त्री महतले नेपालीहरुले अहिले आत्मसाथ गरेको खानपान,जीवनशैलीलाई पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले वर्तमान सरकारले नेपालको पुरानो रैथाने बालीलाई संरक्षण गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको बताए ।

    उनले भने, ‘विदेशी संस्कृति जुन कुरा ग्रहण गर्नुहुँदैन थियो । त्यो बाहिरको कुरा राम्रो हो भनेर ग्रहण गरिरहेका छौं । नेपालका पनि कतिपय कुराहरु ग्रहण गरेका छौं । जे हामीले छोड्नु हुने थिएन । त्यो हामीले छाडि रहेका छौं ।नेपालको सन्दर्भमा अहिलको चुनौतिपूर्ण कुरा त्यो हो । त्यसलाई हामीले पुनःस्थापित गर्नुपर्छ । के हाम्रो गलत प्रवृत्तिहरु, अन्ध विश्वासलाई छोड्ने तर नेपालको राम्रो पक्ष छ । सबैलाई सहयोग गर्ने भावना छ । त्यो कुराहरुलाई छोड्न भएन । तर त्यो कुरालाई पनि नेपालीहरुले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिएको भएको छ । नेपालीको खानपान,जीवनशैली आत्मसाथ गरेका छौं । त्यसमा हामीले पुनःविचार गर्नु पर्ने भएको छ । मैले रैथाने बालीलाई यो वर्षको बजेटमा संरक्षण गर्नेकुरा गरेको छु । अहिले ढिँडो उत्कृष्ट देखियो । शास्त्रमा खानेकुरा सबैको गुणहरु राखिएको छ । हामीले बाहिरको सकारात्मक कुराहरुलाई ग्रहण गर्नुपर्छ । बाहिरकाले पूर्विय कलासंस्कृत सिक्नुप¥यो भनेर छोड्न लागेका छन् । हामीलाई भौतिक विकासको आवश्यकता पनि छ । तर नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्नेगरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुन्छ ।’

    उनले नेपाली रैथानेबाली भित्र पर्ने कोदोको ढिँडो अहिले उत्कृष्ट देखिएको बताए । उनले विदेशी नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई मात्रै ग्रहण गर्नुपर्ने बताए ।

    उनले पछिल्लो समय विदेशी मुलुकका मानिसहरुले पूर्वीय कला संस्कृत सिक्न थालेको बताए । उनले नेपालले नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्ने गरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend