काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताएका छन् ।
उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले स्टार्टअप उद्यममार्फत नेपालमा सफ्टवेयर उत्पादन गर्नेहरुलाई राज्यले बजेटमार्फत एक किसिमको अनुदानको व्यवस्था गरेको बताए ।
उनले कोभिड–१९ पछि नेपाली युवाहरु टेक्नोलोजीको क्षेत्रमा नयाँ टेक्नोलोजी उत्पादन गरेको बताए । उनले युवाहरुसँग सीप तथा क्षमता हुने बताउँदै उद्यमी बनाउन स्टार्टअप फण्डको व्यवस्था समेत सरकारले गरेको बताए ।
उनले युवा उद्यमीहरुले टेक्नोलोजी क्षेत्रमा लगानीका लागि सहयोग खोजेको भन्दै सफ्टवेयरहरु उत्पादन गर्नेहरुलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । उनले सरकारले स्टार्टअप उद्यमीहरुले गरको आम्दानीमा ५० प्रतिशत कर छुट गरेको पनि बताए । उनले अन्य क्षेत्रहरु भन्दा अहिले टेक्नोलोजी क्षेत्रमा अवसर राम्रो रहेको बताए ।
उनले भने, ‘टेक्नोलोजी क्षेत्रमा लगानी बढाउने कुरा छ । त्यसमा राज्यको सहयोग खोजिएको छ । टेक्नोलोजी क्षेत्रको विकास तिब्र रुपमा भइरहेको छ । कोरोना महामारीपछि युवाहरुले सफट्वेयरहरु निर्यात गर्न लाग्नुभएको छ । स्टार्टअप उद्यम गर्ने टेक्नोलोजी सफ्टवेयर निर्यात गर्नेहरुलाई अनुदानको व्यवस्था गरेका छौं । सरकारले स्टार्टअप उद्यमीहरुले गरको आम्दानीमा ५० प्रतिशत कर छुट गरेका छौं । अन्य क्षेत्रहरु भन्दा अहिले राम्रो व्यापारिक क्षेत्र टेक्नोलोजी भएको छ । यसमा धेरै अवसरहरु पनि छन् । सफ्टवेयर बनाउने कम्पनीहरु रजिस्टर गर्न समेत छुट राज्यले दिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादन गर्छ । त्यसलाई १ लेभलमा सरकारले प्रोत्साहन गरेको छ तर परिसंघ त्यसमा खुस्शी देखिएको छैन । विदेशमा नै बनेर ल्याउने सफ्टवेयरहरु भन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई एक लेवलको अनुदान दिएका छौं । आगामी दिनमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जानेछ ।’
उनले सरकारले ‘इनोभेसन नलेज’ लाई व्यवसायको रुपमा लैजानको लागि लगानी गरी उद्यम गर्नेहरुलाई कम्पनी दर्तामा समेत छुटको व्यवस्था गरिएको बताए । उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादनलाई एक किसिमले प्रोत्साहन गर्ने नीति लिएको बताए ।
उनले विदेशमा नै बनेर ल्याउने सफ्टवेयरहरु भन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई अनुदान दिएको बताए । उनले आगामी दिनमा नेपालमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जाने विश्वस व्यक्त गरे ।