दाङ । जिल्लाको घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृतअवस्थामा फेला परेका छन् ।
साउन ९ गते घोराही उपमहानगरपालिका–७ जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका घोराही–१० का २८ वर्षीय सुनिल पुन मगरको शुक्रबार शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले घटनास्थलदेखि ३ सय मिटर तल पुन मगरको शव फेला परेको जानकारी दिए ।