माघ २२ काठमाडौं – कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको पहिलो खेलमा ओमानले नेपाललाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर व्याटिंगको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको हो।
ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेलेका थिए । उनले ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए ।
बलिङतर्फ नेपालका सुशन भारीले १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिए । करण केसीले चार विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे। सन्दीप लामिछाने भने विकेटविहिन रहे।
लिग-२ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरूप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २-२ पटक प्रतिस्पर्धा गर्दैछन्। जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्।