logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • सुन तस्करसँगको फोटो भाइरल भएपछि बर्षमान पुन तनाबमा

    सुन तस्करसँगको फोटो भाइरल भएपछि बर्षमान पुन तनाबमा

    6.2K
    Shares
    सुन तस्करसँगको फोटो भाइरल भएपछि बर्षमान पुन तनाबमा

    प्रकृति भाट, काठमाडौँ । राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट आइतबार मात्रै चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गर्यो । योसँगै यति बेला सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । तस्बिर भाइरल भएपछि गृहमन्त्री नारायणकाजी देखि माओवादी केन्द्रका शीर्ष नेताहरुको निद्रा नै खलबलिएको छ ।

    तस्बिरमा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद बर्षमान पुन र उनकी श्रीमति ओनसरी घर्ती मगर सँगै बसेर खाना खाइरहेको देख्न सकिन्छ । दावाले सामाजिक सञ्जालमा राखेको तस्बिर हेदा उनको ‘कनेक्सन’ नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ । उनीहरू पनि सँगै खाना खाएको र बसेको देखिन्छ ।

    केही दिनअघि चिनियाँ नागरिक दाओजिन वाङले ९ किलो सुन छुटाउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा प्रयोग गरेको समाचार सेलाउन नपाउँदै माओवादी नेताहरूको सम्पर्कमा रहेका दावा पक्राउ पर्नुलाई संयोग मात्रै मान्न सकिन्छ र ?

    आफ्नो तस्बिरहरु भाइरल हुने बित्तिकै बर्षमानलाई १ सय ३ डिग्रीको ज्वरो नै आएपछि चोरले सबै भन्दा पहिला म चोर होइन भने झै उनले स्पष्टिकरण नै दिन भ्याए । जसले जे भने पनि यो तस्बिरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय राजनीतिक कनेक्सन रहेको प्रष्टै बुझन सकिन्छ ।

     

    विभागले आइतबार बिहान छापा मारेर उनलाई पक्राउ गरेको भियनाबाटै चिनियाँ गिरोहले आपराधिक कर्म गरेको भन्दै गत वर्ष चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। २०७९ साउन ११ गते पनि प्रहरीले यस होटलमा छापा मारेको थियो।

    ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा दावा भने त्यतिबेला उम्किएका थिए ।यसरी दावाको अपराध २०७६ सालमै खुलेको थियो तर त्यती बेला पनि माओवादी केन्द्र कै नेताको राजनीतिक संरक्षणमा उनी पक्राउ परेनन् ।

    उनीसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । यद्यपि अधिकांश भरिया वा सहयोगीलाई तस्करीको विल्ला भिराइएको छ । तस्करी गराउने व्यक्तिहरूको तहतर्फ अनुसन्धान पुगि नसकेकाले दावाको पक्राउले यदि राजनीतिक संरक्षण भएन भने ठूला माछालाई पनि पक्रिन सहज हुन सक्छ ।

    विभागले गोदाम, सुन गाल्ने मशिन लगायत सामान बरामद गरेकाले तस्करीमा ठूला व्यापारी र राजनीतिक व्यक्तिको संलग्नता हुन सक्ने बलियो आधार छ । तर, दावा पक्राउसँगै राजनीतिक तह ‘एक्सपोज’ हुने भएपछि अनुसन्धान रोकिन सक्ने जोखिम भने कायम नै छ ।

    दावाको आपराधिक शृङ्खला

    यो गिरोह नेपालमा अवैध धन्दामा लागेको तथ्य २०७६ सालमै खुलेको थियो। त्यति खेर प्रहरीले काठमाडौंबाट १२२ जना चिनियाँलाई अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेको थियो। तर, प्रहरी र राजनीतिक पहुँचका कारण त्यति वेला गिरोहका मुख्य सञ्चालक फरार भए भने प्रहरीले अनुसन्धान नै गरेन ।

    तत्कालीन आईजीपी सर्वेन्द्र खनाललाई समेत यो गिरोहको नाइके भनिएका चेन सितियानले भेटेको समाचार बाहिरिएको थियो । आईजीपी खनालले नै सितियानलाई नेपालबाट भगाएको आरोप समेत लागेको थियो। त्यति खेर माओवादी र नेकपा (एमाले)बीच एकीकरण भएर बनेको नेकपाको सरकार थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend