logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • मन्त्री र उपसभामुख पाउने सहमतिपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान तयार

    मन्त्री र उपसभामुख पाउने सहमतिपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान तयार

    1.7K
    Shares
    मन्त्री र उपसभामुख पाउने सहमतिपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान तयार

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने भएको छ ।

    आज (मंगलबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको छलफलपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।

    नागरिक उन्मुक्तिका नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले सरकारमा सहभागी हुन लागेको बताए ।

    नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने नेता चौधरीले जानकारी दिए ।

    यसअघि सोमबार पनि प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गरेका थिए ।

    यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी भएको थियो । तर मन्त्रालय भागबण्डामा चित्त नबुझेपछि नाउपा सरकारमा जान मानिरहेको थिएन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend