logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पछिल्लो सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छः सांसद पौडेल

    पछिल्लो सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छः सांसद पौडेल

    910
    Shares
    पछिल्लो सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छः सांसद पौडेल

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानविनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

    प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले पनि सो आवश्यक्ता औंल्याएका हुन् ।

    मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताए । उनले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने समेत बताए ।

    सांसद पौडेलले भने, ‘राज्यले यसलाई गम्भिर विषय बनाउनु प¥यो नि । राज्यको जुन ढंगको गम्भिरता हुनुपर्ने हो, त्यो ढंगको गम्भिरता देखिएको छैन । संसदमा छलफल हुनुपर्छ । छानबिन समिति बनाउनु पर्छ । त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानविन समिति बनाउनु पर्छ । छानविन समिति निष्पक्ष हुनुपर्छ । मैले त पूर्व न्यायाधिशको नेतृत्वमा छानविन समिति बनाउने, त्यसलाई संसदले निगरानी गर्ने, सम्पूर्ण टेक्निकल पार्टलाई ख्याल गरेर यो सुन तस्करीको जुन पछिल्लो घटना आएको छ । यसको निर्मम ढंगबाट छानबिन गरिनुपर्छ ।’

    सांसद पौडेलले सो प्रकरणको छानबिनको विषयलाई सरकारले गम्भिरतापूर्वक नलिएको आरोप समेत लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend