logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राजेन्द्र लिङ्देनलाई कमल थापाको आग्रह, सत्ताको फोहरी खेल छाडेर सडकमा आउनोस्, सँगै आन्दोलन गरौँ

    राजेन्द्र लिङ्देनलाई कमल थापाको आग्रह, सत्ताको फोहरी खेल छाडेर सडकमा आउनोस्, सँगै आन्दोलन गरौँ

    2.5K
    Shares
    राजेन्द्र लिङ्देनलाई कमल थापाको आग्रह, सत्ताको फोहरी खेल छाडेर सडकमा आउनोस्, सँगै आन्दोलन गरौँ

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आन्दोलनका लागि सडकमा बोलाएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा थापाले लिङ्देनको नाम लिई सत्ताको फोहरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका हुन्।

    पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने उनको भनाइ थियो। संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस् , हामी सँगै आन्दोलनमा जान तयार छौँ, उनले भने, नेतृत्व समस्याको विषय हुँदैन।

    थापाले केशरबहादुर बिष्ट ,दुर्गा प्रसाईं, किशोरी महतो लगायत विभिन्न समुहमा रहेका शक्तिहरूलाई पनि एकतावद्ध भएर आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे।अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, उनले भने, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो। अहिले हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहनुपर्छ। पद प्रतिष्ठा गौण विषय हुन्।ु


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend