logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • संसदमा एमालेको अडान कायमैः उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद अघि बढ्दैन

    संसदमा एमालेको अडान कायमैः उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद अघि बढ्दैन

    1.8K
    Shares
    संसदमा एमालेको अडान कायमैः उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद अघि बढ्दैन

    काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध कायम राखेको छ ।

    प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा पनि संसद अवरोध गरेको हो ।

    बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले विमानस्थलबाट त्यत्ति ठूलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए ।

    उनले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भएपनि ति व्यक्तिलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए । उनले सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरु बाहिर आइरहेको बताए ।

    उनले सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद अघि बढ्न नसक्ने स्पष्ट पारे ।

    साउन २२ गते दिउँसो १ बजे बस्नेगरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend