काठमाण्डौ – नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ । बिहीबार संसदको बैठक सुरुमै विशेष समय लिएर कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा लगाएको आरोप लगाउनुभयो ।
अख्तियारको आरोपपत्र विरोधाभाषपूर्ण रहेको भन्दै उहाँले कुनै सचिवलाई मुद्दा दायर गर्ने, कुनैलाई नगर्ने, कुनै मुख्य सचिवलाई गर्ने, कुनैलाई नगर्ने र कुनै मन्त्रीलाई गर्ने, कुनै मन्त्रीलाई नगर्ने किन भन्दै प्रश्न गर्नुभयो ।
उहाँले बोलेलगत्तै कांग्रेस सांसदहरु उभिए । विपक्षी सांसद उभिएर संसद अवरोध गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो ।
हेर्नुहोस् संसदमा काङ्ग्रेसले गरेको सम्बोधन