विराटनगर । कैदीको सरुवाको विषयमा वादविवाद चर्किंदा झापा कारागार भित्रै झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको हो ।
झडपका क्रममा कारागार भवनभित्र आगलागी समेत भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी भनाई छ ।
आगो नियन्त्रणमा लिन दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको प्रहरी स्रोतले बतायो ।
कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि झडपको स्थिति सिर्जना भएको बताइएको छ ।