logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आरती हत्या प्रकरण : छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न जनमतको माग

    आरती हत्या प्रकरण : छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न जनमतको माग

    1.7K
    Shares
    आरती हत्या प्रकरण : छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न जनमतको माग

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले धनुषाकी आरती साहको हत्याका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

    राजधानीको माइतीघरमा धर्नामा बसेका साहका परिवारसँगको भेटका क्रममा आज (शनिबार) राउतले आरतीको हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

    धनुषाकी २२ वर्षीय आरती साहको गत ७ जेठमा दाइजोको विवादका कारण हत्या भएको माइती पक्षको आरोप रहेको छ । हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै आरतीको माइती पक्ष र आफन्तले डेढ महिनादेखि माइतीघरमा धर्ना समेत दिइरहेका छन् ।

    पैसा र राजनैतिक पहुँचको बलमा उक्त हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास भइरहेको पनि आरतीका माइती पक्षका परिवारको आरोप छ ।

    घटनाबारे बयान लिने बहानामा आरतीको परिवार र माइती पक्ष बोलाएर प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमले कुटपिट गरेको आरतीको परिवारले जनाएको जनमत पार्टीले बताएको छ ।

    उक्त घटनाको मुद्दा दर्ता नगरेको र छानबिनलाई प्रभावित पार्दै आएको भन्दै प्रहरीलाई समेत छानबिनको दायरमा ल्याउनुपर्ने जनमत पार्टीले माग गरेको छ ।

    पीडितहरूले डेढ महिनादेखि न्यायका लागि माइतीघर मण्डलामा धर्ना दिँदै आएको बताउँदै अध्यक्ष राउतले दोषीहरूलाई अविलम्ब कारबाहीको दायरमा ल्याउन माग गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend