logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • अब विदेशी मुद्रा सटही सुविधा पनि क्युआर कोडबाट, माछापुच्छ्रे बैंकले थाल्यो सेवा

    अब विदेशी मुद्रा सटही सुविधा पनि क्युआर कोडबाट, माछापुच्छ्रे बैंकले थाल्यो सेवा

    1.5K
    Shares
    अब विदेशी मुद्रा सटही सुविधा पनि क्युआर कोडबाट, माछापुच्छ्रे बैंकले थाल्यो सेवा

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक बैंकिङ विभाग, बालुवाटारमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्युआर कोडसेवा सञ्चालनमा ल्याएको छ।

    विदेशी मुद्रा सटही गर्न चाहने ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो।

    उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरी आइतबारदेखि सुरुवात गरेका हुन्।

    उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरूले क्युआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्नेछन्।

    जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको भनाइ छ।

    यस बाहेक फरक–फरक माध्यमहरूमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन बैंक सधैं तत्पर रहेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend