काठमाडौं । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको मृत्यु भएको छ ।
शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लाठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेका र आमाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोरा नवीनलाई पक्राउ गरी घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।