logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटाकुट, २ जनाको मृत्यु

    संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटाकुट, २ जनाको मृत्यु

    1.2K
    Shares
    संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटाकुट,  २ जनाको मृत्यु

    संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको ज्यान गएको छ ।

    चोरी मुद्दामा सजाय काटिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

    कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले समातेको थियो ।

    नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको ज्यान गएको प्रहरीले बताएको छ । यस घट्नका सम्बन्धमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend