बाँके। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय भिम बहादुर विक पक्राउ परेका छन् ।
विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।