logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • अमेरिका बिरुद्धको खेलमा नेपालको शानदार जीत

    अमेरिका बिरुद्धको खेलमा नेपालको शानदार जीत

    2.1K
    Shares

    काठमाडौँ – स्पीनरहरुले शानदार प्रदर्शन गरेपछि नेपालले विश्वकप लिग-२ क्रिकेटमा पहिलो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा घरेलु टोली नेपालले शनिबार अमेरिकालाई  ३५ रनले हरायो।

    पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ९० रन जोडेको थियो। नेपालका लागि मध्यक्रमका विनोद भण्डारीले ५९ र कुशल मल्लले ५० न जोडे। कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९ र करन केसीले १२ रन बनाए। विनोद र कुशलले छैटौँ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

    अमेरिकाले ४४ ओभर १ बलमा सबै विकेट गुमाएर एक सय ५५ रन जोड्यो। नेपालका करन केसीले चार, सुसन भारीले तीन र सन्दीप लामिछाने दुई विकेट लिए।  कुसल मल्लले पनि एक विकेट हात पारे। नेपालका स्पीनरले कुल ६ विकेट हात पारे। ६५ रन जोड्दा सात विकेट गुमाएको अमेरिकालाई मध्यक्रमका ब्याट्सम्यान इयान होल्यान्डले जिततर्फ डोर्‍याउने प्रयाश गरेका थिए।

    उनले आठौँ विकेटका लागि क्यामरुन स्टेभनसनसँग ४९ रनको साझेदारी गरे। उक्त साझेदारी सुसनले तोडे। होल्यान्डले ७५ रन जोडे। टोलीले   एक सय ४४ रन जोडेको अवस्थामा उनी नवौँ विकेटका रुपमा करन केसीको बलमा आउट भएका थिए। अमेरिकाको पालीमा होल्यान्डबाहेक अन्य दुई जना ब्याट्सम्यान मात्र दोहोरो अंक छुन सफल भए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend