logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियोः जितेन्द्र देव

    संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियोः जितेन्द्र देव

    1.7K
    Shares
    संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियोः जितेन्द्र देव

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताएका छन् ।

    शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विनाकारण संसद बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गरे ।

    उनले बुद्धिजीवि, मिडिया, अन्तर्राष्ट्रिय समूदायले समेत संसद अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको जिकीर समेत गरे । सांसद देवले डेमोक्रेसीको प्राण वायु संसद भएपनि एमालेले त्यसलाई चल्न नदिएर गम्भिर समस्या खडा गरेको आरोप समेत लगाए ।

    उनले सत्तारुढ दलले पाँच वर्षनै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका बेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको तर्क समेत गरे ।

    सांसद देवले भने, ‘संसद भनेको लोकतन्त्रको प्राण वायु हो । यदि पार्लियामेण्ट अवरुद्ध हुन्छ । पार्लियामेण्ट निष्क्रिय हुन्छ । काम नगर्ने स्थितिमा जान्छ भने डेमोक्रेसी सिमित हुने दिशामा अगाडि बढ्छ । यो दुनियाँभरका पोलिटिकल साइेन्टिष्टहरुले स्वीकार गरेको मान्यता हो । मूल्य हो । डेमोक्रेटिक मूल्य हो, मान्यता हो । अत्यन्त दुखद् कुरा र गम्भिर कुरा, चिन्ताको विषय आज लामो समयदेखि नेपालको संसद अवरुद्ध छ । के को लागि अवरुद्ध छ ? आज अवरुद्ध गर्ने दललाई, साथीहरुलाई म प्रश्न गर्न चाहन्छु–अत्यन्त गम्भिर भएर म प्रश्न गर्न चाहन्छु–आज मिडियाहरु पल्टाएर हेनुर््स् । बुुद्धिजीविहरुका कुरा सुन्नुस् । ओपिनियन मेकरर्सहरुका कुरा सुन्नुस् । अन्य दलहरुका कुरा सुन्नुस् । इन्टरनेशनल कम्युनिटीका कुरा सुन्नुस् । दिनहुँ भइराखेको छ मिडियामा । तपाईहरुलाई साथ दिएका राप्रपा, रास्वपाका कुरा सुन्नुस् । तपाईहरु दिनप्रतिदिन यो अवरुद्ध गर्ने मामलामा खिइँदै जानुभएको छ । एकल हुँदै जानुभएको छ । के को यो हुँदैछ ? के अभिष्ट पूरा गर्नका लागि यो हुँदैछ ? के राज छ, के रहस्य छ ? जब देशमा एउटा पोलिटिकल स्टयाबिलिटी दिने गठबन्धनको सरकार छ । ५ वर्ष चल्ने कुरामा कुनै शंका छैन । देशमा राजनीतिक स्थिरता छ । जनताले चाहेको पोलिटिकल स्ट्याबिलिटी, अन्तराष्ट्रिय कम्युनिटीले चाहेको पोलिटिकल स्टयोबिलिटी, त्यो आज मुलुकमा छ । पाँच वर्षसम्म यो गठबन्धन दायाँबायाँ हुँदैन भन्ने स्थिति छ । ’

    त्यस अवसरमा सांसद देवले ५ वर्षसम्म मुलुक सत्तारुढ गठबन्धनकै नेतृत्व चल्ने समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend