माघ २७ काठमाडौं- नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की सोमबार बिहान आफ्नै घरमा गम्भीर घाइते अवस्थामा फेला परेकी छन्।
ललितपुरको सानेपास्थित आफ्नै घरमा उनि गम्भीर चोट लागेको र रगत ले लतपतिएको अवस्थामा भेटिएकी हुन्।
उनीसंगै घरमा काम गर्ने विजय चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन । सोमबार बिहान साढे ११ बजे घटना भएको हो । गम्भीर घाइते कार्कीको सानेपा स्थित स्टार अस्पतालमा उपचार भैरहेको छ।
कार्कीको हत्या प्रयास भएको आशंका प्रहरीले गरेको छ । कामदारले नै कुनै कुरामा चित्त नबुझेर हत्या प्रयास गरेको र पछि आफैले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।
बिहान घरबाहिर निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।