logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • २७औंँ प्रहरी महानिरीक्षकको टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै

    २७औंँ प्रहरी महानिरीक्षकको टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै

    2.2K
    Shares

    माघ २७ काठमाडौं- नयाँ प्रहरी महानिरीक्षकको बारेमा निर्णय गर्न आज फेरी मन्त्रीपरिषद बैठक बस्दै छ। हिजो बसेको बैठकले नयाँ आइजीपीबारे निर्णय गर्न सकेन।

    गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी र आईजीपीको नियुक्ती सरकारले गर्ने नियम रहेको छ । आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधिको कारण भोलिबाट अवकास पाउन लागेकाले सरकारले नयाँ प्रमुख नियुक्त गर्न लागेको हो ।

    प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।

    अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औंँ प्रहरी महानिरीक्षक बन्ने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend