logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • सरकारले कमिसन माग्दैन भ्रष्टचारको खेती गर्दैन, कसैले माग्छ भने खबर गर्नुस – प्रधानमन्त्री

    सरकारले कमिसन माग्दैन भ्रष्टचारको खेती गर्दैन, कसैले माग्छ भने खबर गर्नुस – प्रधानमन्त्री

    1.8K
    Shares

    सुनौलो नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कमिसनको माग नगर्ने र भ्रष्टचारको खेती नगर्ने बताउनु भएको छ।

    मंगलवार महत्वपूर्ण व्यावसयिक व्यक्तिहरुकाे सम्मान एवम् सुशोभन समारोहमा बोल्नु हुदै उँहाले सुशासनको बाहेक, नियमितताको बाहेक पारदर्शिताको बाहेक,स्वच्छताको बाहेक अरु कुनै माग गरीदैन। म फेरी पनि स्पष्टताका साथ् भन्न्छु अहिलेको सरकार कुनै भ्रष्टचारको खेती गर्दैन सरकारले गर्ने भनेको सुशासन र भ्रष्टाचार मुक्त राष्ट्र निर्माण हो।

    कानुन भन्दा बाहिरका कुनै काम तपाईहरुले गर्नु पर्दैन यदि कसैले त्यस्तो अपेक्षा गर्छ र माग्छ भने भने मलाई खबर गर्नुस सरकारले कारबाही गर्छ। सरकार स्वच्छ बिकसित सभ्य देश निर्माणको अभियानमा छ यसमा हामी सबैको सहयोग हुनुपर्छ। यदि तपाईहरुलाई कुनै असुबिधा छ भने त्यसलाई सहयोग गर्न सरकार तयार छ ।

    हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गर्नुभएको सम्बोधन


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend