माघ २७ काठमाडौं- गृह मन्त्रालयले नयाँ प्रहरी महानिरीक्षकको रुपमा ठाकुरप्रसाद ज्ञवालीलाई अघि सारेको छ। गृह मन्त्रालयले ज्ञवालीलाई आइजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेस गर्न लागेको हो।
केहि बेरमा मन्त्रिपरिषदको बैठक बस्दै छ। सम्भवत बैठकले ज्ञवालीलाई नै आइजीपी बनाउने निर्णय गर्नेछ।
गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी र आईजीपीको नियुक्ती सरकारले गर्ने नियम रहेको छ । आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधिको कारण भोलिबाट अवकास पाउन लागेकाले सरकारले नयाँ प्रमुख नियुक्त गर्न लागेको हो ।
प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।
अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औंँ प्रहरी महानिरीक्षक बन्ने छन् ।