logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कैलाली–कञ्चनपुरका राना थारू समुदायमा तीजको रौनक

    कैलाली–कञ्चनपुरका राना थारू समुदायमा तीजको रौनक

    861
    Shares
    कैलाली–कञ्चनपुरका राना थारू समुदायमा तीजको रौनक

    काठमाडौं। कैलाली र कञ्चनपुरमा रानाथारू समुदायले भव्यतापूर्वक आज तीज पर्व मनाइरहेका छन् ।

    राना थारू समुदायका महिलाले आज शनिबार पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामना गर्दै तीजपर्व मनाइँरहेका छन् । रानाथारु समुदायमा दाजुभाइले दिदीबहिनीका लागि गाउँमा राखिएको डोला (पिङ) खेल्ने प्रचलन रहिआएको छ।

    तीजका अवसरमा घर–घरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाएर आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ।

    तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन्। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ।

    राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक शैलीमा मनाइन्छ ।

    एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend