logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • संघीय मन्त्री ज्वाला र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

    संघीय मन्त्री ज्वाला र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

    1.1K
    Shares
    संघीय मन्त्री ज्वाला र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

    धनगढी। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहबीच भेटवार्ता भएको छ । मुख्यममन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज शनिबार उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहमति, सहकार्य र समन्वयका आधारमा यातायात र सडक पूर्वाधारको दिगो विकास हुनुपर्नेमा जोड दिए ।

    मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार मुख्यमन्त्री र मन्त्री ज्वालाबीच सेती लोकमार्ग, दोधारा–चाँदनी सुख्खा बन्दरगाह, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा सडक, महाकाली करिडोर, खुटिया–दिपायल–फास्ट ट्रयाक, कर्णाली करिडोर, सत्ती–चिसापानी–ताम्चा सडक निर्माणका लागि बजेट वृद्धि र चाँडै काम सम्पन्न गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।

    भेटवार्ताका अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपट साउद र संघीय मन्त्रालयका सचिवसमेतको उपस्थिति थियो ।

    मन्त्री ज्वालासहितको सरकारी टोलीले शुक्रबार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला, भावरस्थित पहिरोका कारण बिग्रिएको राष्ट्रिय राजमार्गको पनि अवलोकन गरेको छ । धनगढी–सहजपुर–बुडर–स्याउले–सतबाँझ–थाकतेली–दार्चुला–टिङ्कर जोड्ने राष्ट्रिय राजमार्ग एनएस–६६ (भीमदत्त राजमार्ग) मा साउन २२ गते पहिरो खसेपछि साता दिनसम्म राजमार्ग बन्द भएको थियो ।

    पछिल्ला केही दिनदेखि राजमार्ग पुनःसञ्चालनमा आएको छ । अझै पनि यातायात निर्वाधरुपमा सञ्चालन हुन सकेको छैन । एकतर्फी आवतजावत भइरहे पनि बीच–बीचमा बाटो बिग्रेर बारम्बार सवारी साधन अझै रोक्ने र बनाउने बाध्यता रहेको छ । उक्त राजमार्ग सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लाको ‘लाइफलाइन’ मानिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend