logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गरे इज्तेजको निरीक्षण

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गरे इज्तेजको निरीक्षण

    2.4K
    Shares

    सप्तरी । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सप्तरी जिल्लाको जाजरमा फागुन ३ देखि ५ गतेसम्म हुन लागेको इज्तेजमा (धार्मिक सभा)को तयारीको जानकारी लिएका छन् ।

    धार्मिक सभाको अन्तिम चरणको तयारी भइरहेका बेला आयोगका अध्यक्ष अन्सारीले त्यसको निरीक्षण गरेका हुन् ।

    सप्तरीको जाजरमा हजारौंको संख्यामा मुस्लिम समुदायको उपस्थिति हुने यस कार्यक्रमको तयारी गत केही महिनादेखि हुँदै आएको थियो ।

    सयौं बिगहा जग्गा ओगटेको इज्तेमा स्थलमा हजारौंको संख्यामा मानिस अटाउने क्षमताको पण्डाल बनाउने काम ७५ प्रतिसत सम्पन्न भएको छ ।

    विशिष्ट अतिथिहरूलाई बस्नसमेत केही थप पण्डाल बनेका छन् ।

    कार्यक्रम स्थलमा दुुई हजारको संख्यामा अस्थायी शौचालय निर्माण भएको छ भने पण्डालको चारैतिर सहज आवतजावतको लागि अस्थायी सडकको निर्माण कार्य द्रुत गतिमा भइरहेको इज्तेमा कमिटीका अध्यक्ष मास्टर मो.गफुरले ब्रिफिङ्ग गरेका छन् ।

    आयोगका अध्यक्ष र मुस्लिम नेताहरूले इज्तेमा स्थलमा आउनसक्ने विभिन्न समस्याहरूबारे गम्भीर छलफल गरेका छन् ।

    भीडभाडको व्यवस्थापन, सुरक्षा व्यवस्था, खानेपानी तथा सरसफाइको समस्या, खानपीन तथा आवासीय समस्या, सम्भाव्य आगलागी, चोरी, स्वास्थ्य शिविर, नजिकको बोर्डरमा प्रवेश सम्बन्धी समस्या आदि बारे छलफल भएको छ ।

    शान्तिपूर्ण र सुव्यवस्थित ढंगले इज्तेमा सम्पन्न गर्न नेपाल सरकार गृहमन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश २ का मुख्य मन्त्री र प्रदेशका अन्य मन्त्रीहरूसँग सहयोग प्राप्त गर्न आवश्यक कुराकानी भएको र उक्त निकायबाट भरपूर सहयोग प्राप्त हुने अध्यक्ष अन्सारीले बताए ।

    यसअघि नै आयोगको पहलमा बिद्युत प्राधिकरणले कार्यक्रम स्थलमा दुुई सय केभिएको ट्रान्सफर्मरसमेत बिद्युत आपूर्ति गरिदिएको छ ।

    कार्यक्रममा पाँच सयजना स्वयंसेवक र सयौंको संख्यामा प्रहरी परिचालित गरिने तयारी भएको छ ।

    इज्तेमाको सुरक्षा व्यवस्थालगायत सम्पूर्ण विषयको निरिक्षण र निगरानी गर्न गृह मन्त्रालयले मुस्लिम आयोगलाई जिम्मेवारी सुम्पेकोले आयोगले अध्यक्ष अन्सारीको नेतृत्वमा पूर्वमन्त्री मोहम्मद जाकिर हुसैन, नेपाल हज समितिका अध्यक्ष शमसेर मियाँ र नजिबुल्लाह अन्सारी सम्मिलित समिति गठन गरेको छ ।

    उक्त समितिका सदस्य लगायत आयोगका सचिव समेतको टोली फागुन १ गतेदेखि इज्तेमा स्थलमा रहने आयोगका अध्यक्ष अन्सारीले जानकारी गराएका छन् ।

    आयोगका अध्यक्षले व्यवस्थापन समितिलाई जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा रही व्यवस्थित ढंगले तयारी कार्य सम्पन्न गर्न निर्देशन दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend