logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

    अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

    1.6K
    Shares
    अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

    बाजुरा । पहिराका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा सडक रहेको छ ।

    दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत गर्न र बडीमालिका नगरपालिका–७ का स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि सडकको पहिरो पन्छाउन र बाटो मर्मत मा सेना जुटेको जानकारी दिए ।

    सो सडकखण्डको जिल्लीमा सडकमाथिबाट लगातार पहिरो खस्दा सर्वसाधारणले आवतजात गर्न समस्या भोग्दै आएका छन् । पहिराका कारण मार्तडी–कोल्टी सडकमा सञ्चालन हुँदै आएका सवारीसाधनसमेत ठप्प छन् । सडकमार्ग अवरुद्ध हुँदा सबैभन्दा बढी बिरामीलाई सास्ती भएको छ ।
    पहिरो पन्छाउन वडा नं ७ का सर्वसाधारण समेत सहभागी भएका छन् ।

    सडकको छेउछाउमा ‘ग्याविन’ तारसहित पर्खाल लगाउने काम गरिएको छ । पहिरोसँगै सडकमा बग्ने पानीलाई पाइपबाट व्यवस्थापन गरेर अन्यत्र निकासा गरिएको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend