सुनौलो नेपाल माघ २९ काठमाडौँ, नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गर्दै कार्यभार सुरु गरेका छन् । बुधबार सिंहदरबारमा आयोजित समारोहमा गृहसचिब महेश्वर न्यौपानेले महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
मंगलबार सर्बेन्द्र खनालले ३० वर्षे सेवा अवधीका कारण सेवाबाट अवकाश पाएपछि ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नयाँ प्रमुखमा ज्ञवालीलाई नियुक्त गरेको थियो।
तस्बिर -हेमराज शर्मा /सुनौलो नेपाल