महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगिता आजदेखि सुरु भएको छ । सेनाको सुदूरपश्चिम पृतनाद्वारा आयोजित उक्त प्रतियोगितको एक समारोहबिच सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि विजय थापाले उद्घाटन गरे ।
यही भदौ १० गतेसम्म सञ्चालन हुने पृतनापति प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, पौडी, बक्सिङलगायत खेल हुनेछन् ।
खेलहरु ५ नं बाहिनी अड्डा र २५ नं बाहिनीमा सञ्चालन हुने छन् । भलिबल, पौडी र बक्सिङ महेन्द्रनगरमा तथा बाँकी खेल कैलालीको तेघरी ब्यारेकमा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।
यसबाट खेलाडीबीच सामुहिक भावना पैदा हुनुका साथै विभिन्न प्रतियोगिता खेल्न खेलाडीलाई मद्दत पुग्ने सेनाले जनाएको छ ।