कञ्चनपुर । जिल्लाको एक विद्यालयमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले लेखापाललाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्रप्रसाद जोशी पक्राउ परेका हुन् ।
जोशीले विद्यालयमा अध्ययनरत १५ वर्षकी बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।
लेखापालले छात्रालाई अभद्र व्यवहार गरेको भन्दै आज (आइतबार) विद्यार्थीहरुले विद्यालयमा विरोध–प्रदर्शन गरेका थिए ।
उनीहरुले जोशीलाई कडाभन्दा कडा कानुनीकारवाहीको माग समेत गरेका छन् । जोशीलाई पक्राउ गरिएपनि पीडित पक्षले अहिलेसम्म किटानी जाहेरी भने दिएका छैनन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।