logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • भारतले उसिना चामलमा पनि लगायो भन्सार, २० प्रतिशत मूल्य बढ्ने

    भारतले उसिना चामलमा पनि लगायो भन्सार, २० प्रतिशत मूल्य बढ्ने

    924
    Shares
    भारतले उसिना चामलमा पनि लगायो भन्सार, २० प्रतिशत मूल्य बढ्ने

    काठमाडौं । चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले उसिनेको चामलमा पनि २० प्रतिशत भन्सार शुल्क लगाएको छ । यसअघि भारतले भारतीय बजारमा चामलको अभाव र मूल्यवृद्धि रोक्नको लागि १५० भन्दा धेरै देशमा गरिरहेको निर्यात प्रतिबन्ध लगाएको थियो । गत शुक्रबारदेखि भारतले २० प्रतिशत भन्सार शुल्क व्यवस्था गरेको हो ।

    अघिल्लो महिना भारतले बासमती बाहेकका चामलमा प्रतिबन्ध लगाएको थियो । तत्काल कार्यान्वयनमा आउने गरी गत शुक्रबार यस्तो शुल्क लगाइएको हो ।

    सन् २०२२ मा भारतले ७४ लाख टन उसिनेको चामल निर्यात गरेको थियो । उसिनेको चामल पनि अभाव हुने नदिन र निर्यात कम गर्न २० प्रतिशत भन्सार शुल्क लगाएको हो ।

    उसिनेका बासमती, लङग्रेन र जिरामसिनो चामाल मूल्य नेपालमा हाल ८० र लङग्रेनमा १५० रुपैयाँसम्म छ । अब भारतले २० प्रतिशत भन्सार शुल्क वृद्धि गरेपछि २० प्रतिशत नै मूल्यवृद्धि हुने छ । भने, उसिनेको चामल नेपालमा सुगरका विरामीले धेरै प्रयोग गर्ने गरेका छन् ।

    नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धान खेतीका लागि योग्य छ । तर, धान खेतीयोग्य ३० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा रहेको छ । ७० प्रतिशत धान खेती जमिनमा बर्खाको पानीको भर पर्नु पर्ने अवस्था रहेको छ ।

    औसतमा नेपालमा प्रतिहेक्टर ४ टन धान उत्पादन हुन्छ । १४ लाख ७० हजार हेक्टरमा ५५ देखि ६० लाख मेट्रिक टन धान नेपालमा उत्पादन हुन्छ । सो उत्पादनले नेपालमा ८० प्रतिशतसम्म मात्रै माग धान्न पुग्छ भने २० प्रतिशत आयात गर्नुपर्ने बाध्यता हटेको छ ।

    गत शुक्रबार भारतको सेन्टरल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले सो निर्णय गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend