logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बहराइनमाथि नेपालको शानदार जित

    बहराइनमाथि नेपालको शानदार जित

    1.2K
    Shares
    बहराइनमाथि नेपालको शानदार जित

    काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो ।

    महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट गरेको थियो । त्यतिबेला १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बलमा भेटाउँदै खेल १० विकेटले जितेको थियो ।

    बहराइनसँगको खेलमा नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन् । अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन् । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

    बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ३ रन दिँदै ५ विकेट हात पारेपछि बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनका लागि दीपिका रसाङ्गिकाले ११ रन बनाइन् । नेपाली बलर सामु टिक्न नसकेका बहराइनका अरु ब्याटरले दोहोरो स्कोरमा रन बनाउनै सकेनन् ।

    नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend