logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ग्लोवल आइएमई बैंकद्वारा मेसिनबाटै ग्राहकले नगद र चेक खातामा जम्मा गर्नसक्ने सेवा शुभारम्भ

    ग्लोवल आइएमई बैंकद्वारा मेसिनबाटै ग्राहकले नगद र चेक खातामा जम्मा गर्नसक्ने सेवा शुभारम्भ

    2.9K
    Shares
    ग्लोवल आइएमई बैंकद्वारा मेसिनबाटै ग्राहकले नगद र चेक खातामा जम्मा गर्नसक्ने सेवा शुभारम्भ

    काठमाडौँ ।  ग्लोवल आइएमई बैंक लिमिटेडले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ ।
    सोमवार एक कार्यक्रमका बीच काठमाडौंको कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गर्नुभएको हो । बैंकले आफ्ना ग्राहकहरुलाई नविनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो ।

    अब बैंकका ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद र चेक जम्मा गरी ग्राहकको खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले बताएको छ । उक्त सेवाको उद्घाटन गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोवल बैंकले आफ्ना ग्राहकहरुलाई छिटो सेवा दिने उद्देश्यले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन जडान गरेको बताए । उनले मेसिन जडानसँगै ग्लोवल आईएमई बैंकका ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्ने बताए ।

    त्यस्तै, ग्लोवल बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले विश्वको डिजिटल प्रविधि हेरेर नेपालमा पनि बैंकको सेवा बैंक भन्दा बाहिरबाट दिने उद्देश्यले नगद र चेक जम्मा गर्ने मेसिनको शुरुवात गरिएको बताए । उनले बैंकमा हुने चेकको कारोबारलाई ग्राहकमैत्री बनाउने हिसावले बैंकमा उपस्थित नभई मेसिनबाट चेक जम्मा गर्ने प्रविधि ल्याएको बताए ।

    ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेण्ट र स्टेटमेण्ट प्रिन्ट पनि मेसिनबाट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । बैंकले नगद र चेक डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौंमा ५ ठाउँमा गरेको छ । नगद जम्मा गर्ने मेसिन काठमाडौंको कमलादी र न्युरोडमा छ भने काठमाडौं भन्दा बाहिर इटहरी,नारायणघाट र बुटवलमा रहेको छ । चेक डिपोजिट कमलादी,न्युरोड,कुलेश्वर तथा उपत्यका बाहिर विराटनगर र पोखरामा रहेको बैंकले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend