logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ‘खेल मैदान नदिने, पारिश्रमिक नदिने, अनि भारतका विरुद्ध नेपालले छक्कै–छक्का हानोस् भनेर आस गर्ने ’: सांसद पन्त

    ‘खेल मैदान नदिने, पारिश्रमिक नदिने, अनि भारतका विरुद्ध नेपालले छक्कै–छक्का हानोस् भनेर आस गर्ने ’: सांसद पन्त

    1.2K
    Shares
    ‘खेल मैदान नदिने, पारिश्रमिक नदिने, अनि भारतका विरुद्ध नेपालले छक्कै–छक्का हानोस् भनेर आस गर्ने ’: सांसद पन्त

    काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले क्रिकेट खेलाडीको लागि नेपालले आधारभूत आवस्यकता नदिएको गुनासो गरेका छन् । खेलाडीको लागि क्रिकेट मैदान र पारिश्रमिक नदिएर अपेक्षा मात्र राख्ने गरिएको उनले गुनासो गरे ।

    सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद पन्तले प्रधानमन्त्रीले संसद्मा प्रतिबद्धता जनाए पनि चितवनको क्रिकेट रंगशाला निर्माणको कामले गति नलिएको बताएका हुन् ।

    ‘आज क्रिकेट हुँदैछ, भारत र नेपालको बीचमा । तर चितवनमा निर्माण गर्न थालिएको रंगशालाबारे प्रधानमन्त्रीले यही संसद्मा धेरै आश्वासन दिनुभएको थियो । निर्माणको काम अगाडि बढ्न सकेन । खेल मैदान, उनीहरूले पाउनुपर्ने पारिश्रमिक र पुरस्कार नदिने अनि भारतका विरुद्ध छक्कै–छक्का हान्नुस् भनेर आस गरेर हुन्छ ?’ उनले प्रश्न गरे ।

    नेपाल र भारतबीच एसिया कप क्रिकेटअन्तर्गतको बहुप्रतीक्षित खेल आज दिउँसो ३ः१५ बजे श्रीलंकामा हुँदैछ । खेल शुरू हुनुअघि संसद्मा क्रिकेटको प्रसंग उठेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend