logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • महिला टी-२० : थाइल्यान्डविरूद्ध जितका लागि नेपाललाई १०६ रनको लक्ष्य

    महिला टी-२० : थाइल्यान्डविरूद्ध जितका लागि नेपाललाई १०६ रनको लक्ष्य

    2.1K
    Shares
    महिला टी-२० : थाइल्यान्डविरूद्ध जितका लागि नेपाललाई १०६ रनको लक्ष्य

    काठमाडाैँ । मलेसियामा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत थाइल्यान्डविरूद्धको सेमिफाइनल खेलमा नेपालले जितका लागि १०६ रनको लक्ष्य पाएको छ।

    कलालाम्पुरको रहेको बायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभर खेल्दै २ विकेटको क्षतिमा १०५ रन बनाएको छ।

    थाइल्यान्डका लागि नन्नापट खोन्चरोन्कइले अर्धशतक प्रहार गरिन्। उनले ६३ बलमा ४ चौकाको मद्दतबाट अविजित ५९ रनको योगदान गरिन्।

    नात्थकन चन्थले ३१ रन बनाउन ४५ बल खेल्दै २ चौका प्रहार गरिन्। ओपनर सुवानन खियटो २ रन बनाएर आउट भइन् भने चनिदा सुथिरूआङले नट आउट ११ रन बनाइन्।

    नेपालकी कविता कुँवर र पुजा महतोले एक/एक विकेट लिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend