logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

    श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

    3.3K
    Shares
    श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

    काठमाडौँ । सुपर ४ मा श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा पुगेको छ । मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा श्रीलंकालाई ४१ रनले हराउँदै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

    २१४ रनको सहज लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुँदै मात्र १७२ रन बनाउन सक्यो । श्रीलंकाका लागि दुनिथ वेलालागेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । त्यस्तै धनन्जय डी सिल्भाले ४१ रन बनाउँदा चरिथ असालंकाले २२ रन बनाए ।

    भारतका लागि कुलदीप यादवले ४ विकेट लिए । ९.३ ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका थिए । त्यस्तै जसप्रित बुमराहले ७ ओभरमा ३० रन खर्चिंदै २ विकेट दिए । रवीन्द्र जडेजाको बलिङ पनि किफायती रह्यो । उनले १० ओभरमा ३३ रन मात्र खर्चिंदै २ विकेट लिए । भारतका लागि मोहम्मद सिराज र हार्दिक पाण्ड्याले पनि १र१ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ रोजेको भारतलाई ११ ओभरसम्म शुबमन गिल र रोहित शर्माले राम्रो सुरुवात दिलाएका थिए । भारतले ११.१ ओभरमा ८० रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो । पाकिस्तानसँगको खेलमा शतकीय पारी खेलेका विराट कोहली ३ रनमै आउट भए । भारतका लागि कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए ।

    त्यस्तै इशान किसानले ३३ र केएल राहुलले ३९ रन बनाए । १८६ रन बनाउँदा ९ विकेट गएको भारतीय इनिङ्सलाई अक्षर पटेलले उकासेका थिए । अक्षर पटेलले ३६ बलमा २६ रन बनाउँदै भारतको स्कोर २०० पार गराएका हुन् ।

    श्रीलंकाका लागि दुनिथ वेलालागेले सर्वाधिक ५ विकेट लिए । त्यस्तै चरिथ असालंकाले ९ ओभरमा मात्र १८ रन खर्चंदै ४ विकेट लिए । महेश थीक्सानाले पनि १ विकेट लिए ।

    एसिया कपको सुपर-४ मा श्रीलंकालाई हराउँदै भारत फाइनल प्रवेश गरेपछि बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । अब पाकिस्तान र श्रीलंकाको सम्भावना रहेको छ । सुपर(४ अन्तर्गत बिहीबार पाकिस्तान र श्रीलंकाको खेल हुँदैछ भने शुक्रबार भारतले बंगलादेशसँग खेल्दैछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend