logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • काठमाडौं आसपासमा आज राति मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने

    काठमाडौं आसपासमा आज राति मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने

    1.8K
    Shares
    काठमाडौं आसपासमा आज राति मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बिहीबार एउटा सूचना जारी गरेको छ।

    सूचनामा आगामी तीन-चार दिन जिल्लाका केही भागमा दिउँसो घाम लाग्ने र साँझ मेघ गर्जन र चट्याङका साथै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    त्यसो त बुधबार काठमाडौं उपत्यकामा पनि रातभरि जस्तो मेघ गर्जन र चट्याङसहित पानी पर्‍यो। बूढानीलकण्ठ, सुन्दरीजल, धाप डयाम क्षेत्रमा केही घन्टा ठूलो पानी परेपछि बाढी पूर्वानुमान महाशाखाले विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीका तटीय क्षेत्रमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन भन्यो।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपरान्हपछि काठमाडौं उपत्यकामा मेघ गर्जनरचट्याङसहितको वर्षा हुने बताएको छ।

    ‘हिजो पनि ललितपुर, काठमाडौंका विभिन्न भागमा रातिपख मेघ गर्जनरचट्याङसहित वर्षाको पूर्वानुमान गरेका थियौं,’ महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यो नियमित मनसुनी गतिविधि हो, अस्वाभाविक होइन।’

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। यसका अतिरिक्त नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ।

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले औंल्याएको छ।

    राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend