काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
आज अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बाेलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जाँदै छन्।
त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।