काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ ।
२८ भदौ बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ५.७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।
बैंकले १७.७ प्रतिशत भन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता भएपनि १४.७ प्रतिशत मात्रै लाभांश दिने भएको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।