logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • सरकारका प्रबक्ता भन्छन सरकारको प्रगति सुनेर काँग्रेस आफै छक्क पर्यो (भिडियो)

    सरकारका प्रबक्ता भन्छन सरकारको प्रगति सुनेर काँग्रेस आफै छक्क पर्यो (भिडियो)

    2.5K
    Shares

    फागुन ३ काठमाडौं- सरकारका प्रबक्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले सरकारको प्रगति सुनेर प्रतिपक्षी नेपाली काँग्रेस छक्क परेको बताएका छन् ।
    संसद भवन बाहिर पत्रकारहरुसंग छोटो प्रतिक्रिया दिंदै सरकारका प्रबक्ताले भने “काँग्रेसबाट बिरोध आएन काँग्रेसले चुप्प लाएर सुन्यो र प्रगति सुनेर काँग्रेस आफै छक्क पर्यो, हामीले जे काम गरेका थियौ त्यो प्रधानमन्त्री ज्युले राम्रोसंग राख्नु भयो र त्यसप्रति कांग्रेसको तर्फबाट प्रश्न आयो बिरोध आएन प्रधानमन्त्री ज्युले त्यसको पनि तथ्यांकका आधारमा जबाफ दिनु भयो” ।

    हेर्नुहोस भिडियो सहित

    सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीको जग्गा सस्तोमा भाडामा दिनेलाई छानविन गरी कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकार किन यती होल्डिङ्स कम्पनीसँग सती गएको भन्ने प्रश्न गरेकी थिइन्।

    शिवपुरी राष्ट्रिय निकुञ्जको दुई सय रोपनी जग्गा यती कम्पनीलाई सस्तोमा भाडामा दिएको समाचार केही समयअघि नयाँ पत्रिकाले लेखेको थियो। निकुञ्जको दुई सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा यती कम्पनीलाई भाडामा दिइएको सार्वजनिक भएपछि सांसदले संसदमै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन्।यतीसँग सरकार किन सती गयो? नीतिगत भ्रष्टाचार गर्नुको तात्पर्य के हो?,’ सांसद पन्तले प्रधानमन्त्रीलाई प्रश्न गरेकी थिइन्।

    प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नमाथि जवाफ दिँदै शिवपुरीको जग्गा कसले सस्तोमा दियो छानविन गर्ने आश्वासन दिए।‘शिवपुरीको जग्गा छानविन गराउँछु। कौडीका मूल्यमा दिएको छ भने किन दियो छानविन गरेर कारबाही गराउँछु,’ प्रधानमन्त्री ओलीले भने।प्रधानमन्त्रीले सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको पनि उल्लेख गरेका छन्।उद्योगी, व्यापारी, ठेकेदारहरूको विपक्षमा सरकार छैन। तर उनीहरूले नियमअनुसार कर तिर्नुपर्‍यो। छलछाम गर्न भएन,’ उनले भने, ‘उद्योग व्यवसायको पक्षमा सरकार छ।’

    त्यस्तै सांसद प्रेम सुवालले उनीहरुलाई भक्तपुरमा राखिने सरकारको निर्णयमा भक्तपुरबासीले बिरोध गरेकोले त्यहाँ नराख्न भनि गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले आफुँ पनि भक्तपुरमै बस्ने भन्दै उनीहरुलाई त्यहिँ राखिने बताएका हुन्।कोरोनाभाइरसका बिरामी नेपालले ल्याउन नलागेको भन्दै प्रधानमन्त्ती ओलीले भने, “हामीले कोरोनाभाइरसले नछोएका विद्यार्थीहरुलाई जाँच गरेर ल्याएका हौं, उनीहरुमा बिमार छैन। ” नेपालमा ७७ वटा जिल्ला छन् कहिँ न कहिँ त राख्नुपर्ला, डाक्टर पनि नभएको, हस्पिटल पनि नभएको अनि कुन कुनामा लगेर राख्ने ? अनुकुलता र सुबिधा भएको ठाउँ भक्तपुरमा राख्न लागिएको हो” उनले भने।

    शनिबार संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आफ्नो कार्यकालमा  भएका बिकासका गतिबिधिलाई समेटेर गरेको सम्बोधन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend