काठमाडौँ । पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ ।
सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले यस्तो बताएका हुन् ।
बाथिलिले डेर्ना रु अन्य प्रभावित क्षेत्रहरुमा समन्वय बढाउने पनि बताताए । उनले आवश्यकता परेकाहरुलाई सहायता उपलब्ध गराउने बताए ।
बुधवारसम्म सो क्षेत्रमा बाढीका कारण ५ हजार ५ सय बढीको ज्यान गएको छ भने १० हजार बेपत्तँ छन् ।
त्यस्तै ३८ हजार ६४० भन्दा बढी मानिस बिस्थापित भएका छन् ।