logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साउनमा मात्रै भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स

    साउनमा मात्रै भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स

    1.5K
    Shares
    साउनमा मात्रै भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार यो रेमिट्यान्स २०७९ साउन महिनाको तुलनामा २५.८ प्रतिशत बढी हो ।

    अमेरिकी डलरमा भने गत वर्षको साउनको तुलनामा यो साउनमा २१।५ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ८७ करोड ९८ लाख डलर पुगेको छ । अघिल्ला महिनाहरुमा विदेश जानेको संख्या उल्लेख्य बढेकाले रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।

    यद्यपि यो साउनमा भने अन्तिम श्रम स्वीकृति लिनेको संख्या गत वर्षको साउनको तुलनामा घटेको छ । साउनमा संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ ।

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९।५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend