काठमाडौँ । एनएमबि बैङ्कले डिजिटल बैङ्किङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजि स्टेशन’को सुरुवात गरेको छ ।
ग्राहकहरूलाई सहज र सुविधाजनक बैङ्किङ अनुभव प्रदान गर्न बैङ्कले ‘डिजि स्टेशन’ सञ्चालनमा ल्याएको हो ।
यो यस्तो स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिनेछ ।
एनएमबि बैङ्क आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।
बैङ्कले प्रथम चरणको डिजि स्टेशनको सुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि सञ्चालन गरिएको छ।
क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाख रुपैयाँ भन्दा कम रकम बैङ्कको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ।
साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टप देखि नया चेकको आवेदन र क्लियारिंग चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ ।
आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजि स्टेशनमा मेसिनको सुविधा हुदा ग्राहक वर्गका अधिकांश बैङ्किङ अवश्यकताहरू स्वचिलत ढङ्गले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबि बैङ्कले ल्याएको छ।