logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • क्यानको अध्यक्षमा उमेदवारी घोषणा गरेका विनयको उमेदवारी फिर्ता, चन्द सर्वसम्मत हुने संकेत

    क्यानको अध्यक्षमा उमेदवारी घोषणा गरेका विनयको उमेदवारी फिर्ता, चन्द सर्वसम्मत हुने संकेत

    1.9K
    Shares
    क्यानको अध्यक्षमा उमेदवारी घोषणा गरेका विनयको उमेदवारी फिर्ता, चन्द सर्वसम्मत हुने संकेत

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा उमेदवारी घोषणा गरेका विनय राजभण्डारीले उमेदवारी फिर्ता लिएका छन् ।

    बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष विनयले निर्वाचनको केही घण्टा अघिमात्र उमेदवारी फिर्ता लिएका हुन् ।

    उनले वर्तमान अध्यक्ष तथा अध्यक्ष पदका अर्का उमेदवार चतुरबहादुर चन्दसँग रहेको असमझदारीमा सहमति बनेपछि आफूले नाम फिर्ता लिएको बताए । विनयले उमेदवारी फिर्ता लिएपछि क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित हुने देखिएको छ । यद्यपि, अहिले निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ ।

    यसअघि विनयले शुक्रबार चन्द नेत्तृत्वको चार वर्षे कार्यकाल असफल भएकाले आफूले उमेदवारी दिएको बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend