logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • इन्द्रजात्राका लागि य: सिं तानेर हनुमानढोका पुर्‍याइयो

    इन्द्रजात्राका लागि य: सिं तानेर हनुमानढोका पुर्‍याइयो

    2.1K
    Shares
    इन्द्रजात्राका लागि य: सिं तानेर हनुमानढोका पुर्‍याइयो

    काठमाडौँ । इन्द्रजात्रा (यँयाः) का लागि यःसिंलाई तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको यःसिं शनिबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश गराइएको हो ।

    यःसिंलाई भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका पू¥याइएको छ । अब हनुमानढोकामा यःसिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ। यही दिनदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ ।

    त्यस्तै ‘क्वःनेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमतः’ ल्याउने परम्परा रहेको छ ।

    यसैगरी कुमारी, भैरव र गणेशलाई थःनेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। त्यपछि नानिचाः यात्रा पछि हनुमानढोका ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend