logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काग्रेस नेता शेखर कोइराला किन पुगे केन्द्रीय कारागारमा

    काग्रेस नेता शेखर कोइराला किन पुगे केन्द्रीय कारागारमा

    2.2K
    Shares
    काग्रेस नेता शेखर कोइराला किन पुगे केन्द्रीय कारागारमा

    काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला आज एका एक केन्द्रीय कारागारमा पुगेका छन् । त्यहाँ पुगेका कोइरालाले बालकृष्ण खाणलाई भेटेका छन् । कोइरालाले शनिबार बिहान करिब ९ बजेतिर खाणलाई भेटेको केन्द्रीय कारागार स्थित स्रोतले जानकारी दियो ।

     

    पछिल्लो समय खाण सभापति शेरबहादुर देउवासँग रुष्ट रहेको बताइन्छ । खाणलाई आफ्नो पक्षमा पार्न सके पार्टीको शक्ति सन्तुलनमा आफ्नो पकड बलियो बनाउन सकिने कोइरालाको बुझाई रहेको काग्रेु स्रोतको दाबी छ ।

     

    यसअघि भदौ १३ गते पनि कोइराला र खाणबीच करिब आधा घण्टा कुराकानी भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend