logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण

    मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण

    3.3K
    Shares
    मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण

    काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराएका हो ।

    उनले मलगंवासहित मधेस प्रदेशका केही जिल्लाहरुमा अराजक तत्त्वहरूले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरे । उनले कर्फ्युको बाबजुतपनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटिलाई दुर्व्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृह मन्त्रीलाई आग्रह गरे ।

    अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धि र देशको उन्नति प्रगतिको पक्षमा रहेको बताए ।

    विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलंगवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिति सृजना भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend