logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • शिक्षकहरुले आज सडकमा सुतेर आन्दोलन गर्ने

    शिक्षकहरुले आज सडकमा सुतेर आन्दोलन गर्ने

    2.2K
    Shares
    शिक्षकहरुले आज सडकमा सुतेर आन्दोलन गर्ने

    काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरुले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् ।

     

    राज्यले आफूहरुलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताए ।

     

    ‘दिउँसो १२ बजेतिर हामी सडकमा आधा घण्टा लम्पसार लाश बनेर पल्टिन्छौं । सांकेतिक रुपमा हामीलाई मार्यो भनेर हामी सडकमा सुत्छौं । माइतीघर बानेश्वर सडक खण्डमा हामी पल्टिन्छौं ।’ उनले भने ।

     

    गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफुहरुले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।

     

    उनीहरुले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् । सरकार र महासंघले आफूहरूलाई धोका दिएको भन्दै आन्दोलनको मैदान नछोडेको धामीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend