logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • बानेश्वरमा अर्धनग्न भएर आन्दोलन गर्दै राहत शिक्षक

    बानेश्वरमा अर्धनग्न भएर आन्दोलन गर्दै राहत शिक्षक

    3.6K
    Shares
    बानेश्वरमा अर्धनग्न भएर आन्दोलन गर्दै राहत शिक्षक

    काठमाडौँ । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरु आन्दोलित भएका छन् ।


    नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौँको माइतीघरदेखि नयाँबानेश्वरसम्मको सडकमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । यसैसिलसिलामा आज उनीहरुले सडकमै सुतेर बिरोध समेत जनाएका थिए । उक्त आन्दोलन मध्येका एक जना सुदूरपश्चिम प्रदेश धनगढी उपमहानगरपालिका घर भएका अस्थायी शिक्षक रामेश्वर रानाभाटले बानेश्वरमा अर्धनग्न भएर बिरोध जनाएका छन् ।

    महासंघले धोका दिएका कारण आफु अर्धनग्न भएर आन्दोलन गर्न बाध्य भएको बताए । उनले भने, ‘अर्धनग्न भएर आन्दोलनमा सरिक हुनु मेरो बाध्यता हो, सम्पूर्ण अस्थायी, राहत शिक्षकलाई स्थायी गर्नु पर्छ ।’
    राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताउदै आएका छन् ।

    उनीहरुले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताको विरोध गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले यही असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने बताएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend