काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरु भएको छ।
हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो।
यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो,रमाइलो र महत्त्वपूर्ण जात्राको रूपमा इन्द्रजात्रालाई लिने गरिन्छ।
जात्राको मुख्य दिन असोज ११गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ।