logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

    सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

    9K
    Shares
    सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

    ओेखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन् ।

    वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको हो । धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

    पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मङ्गलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।

    अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए । प्रहरीको खोजी सूचीमा रहेका धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानूनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए ।

    पक्राउ परेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । जिम्मेवारीमा रहँदै यौनजन्य अपराधको कसुर लागेको यो दोस्रो घटना हो । अघिल्लो कार्यकालमा लिखु गाउँपालिकाका एक वडासदस्यलाई बलात्कार मुद्दा लागेको थियो । उनी अहिले जेलमै छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend